वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले शनिबार र आइतबार अनिवार्य सार्वजनिक बिदा दिन विद्यालयलाई निर्देशन दिएको छ । वीरगञ्जका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयलाई प्रत्येक हप्ता शनिबार र आइतबार अनिवार्य सार्वजनिक बिदा दिन निर्देशन दिएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय […]