सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको पहिलो तलामा रहेको मन्त्रीको कुर्सी दुई महिनादेखि खाली छ। २३ र २४ भदौको जेन-जी आन्दोलनअघि परराष्ट्रमन्त्री रहेकी आरजु राणा देउवाको तस्बिर त्यहाँबाट हटाइएको छ भने मन्त्रालयको दैनिक प्रशासनिक नेतृत्व गरिरहेका छन्, परराष्ट्रसचिव अमृतबहादुर राई। मन्त्रीको जिम्मेवारी स्वयं प्रधानमन्त्री सुशीला कार्कीको काँधमा छ। ३० कात्तिकको अपराह्न परराष्ट्रसचिव राईको कार्यकक्ष पुग्दा कोठाको भित्तामा राष्ट्रपति […]