म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ मा स्थानीय युवाहरूको सक्रियतामा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ। तिहार पर्वको अवसर पारेर न्यू देविस्थान युथ क्लबको आयोजनामा मङ्गलबार उक्त सडक मर्मत गरिएको हो। क्लबका पदाधिकारी तथा सदस्य, आमा समूह र स्थानीय अग्रजहरूको सहभागितामा श्रमदान गरी सडकमा थुप्रिएको माटो, ढुङ्गा तथा झाडी पन्छाउनुका साथै आवश्यक मर्मत […]