नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको उपाधि नेपाल पुलिस स्कुल, साँगाले हात पारेको छ । सैनिक आवासीय महाविद्यालय सल्लाघारी (भक्तपुर)को आयोजनामा सञ्चालन भएको २२औँ सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको महाविद्यालयको घरेलु मैदानमा भएको फाइनल खेलमा महाविद्यालयलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस स्कुल, साँगाले उपाधि हात पारेको हो […]