गणेशमान सिंहको २९ औँ स्मृति दिवसमा शोभा भगवतीमा माल्यार्पण

काठमाडौँ । लौह पुरुष गणेशमान सिंहको २९ औँ स्मृति दिवसको अवसरमा शुक्रवार काठमाडौँको शोभा भगवतीस्थित उनको शालिकमा माल्यार्पण गरिएको छ ।  गणेशमान सिंह फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा गणेशमान सिंहका पुत्र एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको उपस्थितिमा शालिकमा पुष्पगुच्छा अर्पण तथा माल्यार्पण गरिएको हो । कार्यक्रममा गणेशमान सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गरिएको […]