‘मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च’ : कार्यकारी प्रमुख उप्रेती

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा भारी वर्षा र त्यसबाट उत्पन्न हुने विपद्को जोखिम उच्च रहेको बताएका छन्। प्राधिकरणमा सोमबार आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफलमा उनले यस वर्ष मनसुन औसतभन्दा फरक ढाँचामा सक्रिय भएकाले सतर्कता र प्रतिकार्य तयारीलाई थप प्रभावकारी बनाउनुपर्ने बताए। […]