कालीगण्डकीले पोखरेबगरको पुल बगायो

म्याग्दी । बेनी-जोमसोम-कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर-२ भुरुङ्ग-तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको छ ।  अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाका वडा २, ३, ४ का साथै मुस्ताङसँगको  यातायात सम्पर्कबाट विच्छेद भएका छन् ।  यसैगरी, अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा एक र वडा ३ को फगाममा एउटा घर पहिरोमा पुरिएको छ । […]