झापा– मेचीनगर नगरपालिकाले लागूऔषध दुर्व्यसन रोकथामका लागि माध्यमिक तहका कक्षाकोठामा पुगेर सचेतना फैलाउने अभियान सुरु गरेको छ । मेचीनगर-८ इँटाभट्टास्थित आदर्श माध्यमिक विद्यालयबाट प्रारम्भ गरिएको अभियान नगरका १७ वटा माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीमाझ पुर्याइने नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । लागूऔषधको दुर्व्यसनबाट विद्यार्थीलाई जोगाउने उद्देश्य लिइएको अभियान आगामी जेठ […]