काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)को घुँडाको शल्यक्रिया सम्पन्न भएको छ । उनको न्युजिल्याण्डको अकल्याण्डस्थित अस्पतालमा आज बिहान शल्यक्रिया सम्पन्न भएको हो । साम्बाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत डाक्टर साइमन र उनको टोलीबाट सफलतापूर्वक घुँडाको शल्यक्रिया भएको जानकारी गराएकी छिन् । कतारमा घुँडाको शल्यक्रिया गर्नका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग संकलन गरेकी […]