कागबेनी–कोरला सडकको हिउँ पन्छाउन सुरु

हिमपातले अवरुद्ध माथिल्लो मुस्ताङस्थित लोमान्थाङ सडकसम्मको सडक सञ्चालनमा आइसकेको छ । लोमान्थाङदेखि कोरला नाकासम्मको २५ किलोमिटर दूरीमा रहेको सडकको हिउँ पन्छाउने काम शनिबारदेखि सुरु गरिएको आयोजनाले जनाएको छ ।