काठमाडौँ। कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज कर्णाली याक्सविरुद्ध जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याएको कर्णालीले १९.२ ओभरमा ९४ रनमा अलआउट भयो। सुदूरपश्चिमको जितमा कप्तान ऐरी ब्याटिङ र बलिङ दुवैमा चम्किए। उनले ब्याटिङ गर्दै ३९ रन बनाए भने बलिङतर्फ […]