पूर्वकप्तान रोहित पौडेलले गरे सिम्रन खड्कासँग विवाह

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेलले आफ्नी प्रेमिका सिम्रन खड्कासँग विवाह गरेका छन् । सन् २०१२ मा मिस लिटल आइडलको उपाधि जितेकी खड्कासँग पौडेलले थाइल्यान्डमा आयोजित समारोहमा विवाह गरेका हुन् । विवाह समारोहमा सहभागी हुन राष्ट्रिय क्रिकेट टोलीका कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप जोरालगायत खेलाडी थाइल्यान्ड पुगेका थिए । […]