नवनियुक्त आईजीपी केसीद्वारा पदबहाली

काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार के.सी.ले पदबहाली गरेका छन्। बुधबार साँझ काठमाडौँको नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर केसीले औपचारिक रूपमा पदबहाली गरेका हुन्। सो अवसरमा प्रहरी प्रधान कार्यालयमा उनलाई प्रहरी अधिकारीहरूले स्वागत गरेका थिए। पदबहालीपछि महानिरीक्षक केसीले प्रहरी अधिकारीहरूलाई निर्देशनसमेत दिएका थिए। उनले पदबहालीका क्रममा दिएको निर्देशनको विस्तृत विवरण भने […]