शिक्षकहरूलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको ‘शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३’ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। प्रस्तावित नियमावलीअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपियाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपियाँसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्। त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले चार […]