त्रिपुरेश्वरमा सार्वजनिक बसमा आगलागी, चालकको घाइते अवस्थामा उद्धार

काठमाडौँको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफू गाडीभित्रै रहेको अवस्थामा बसमा आगो लगाएका छन्। बा ५ ख ४२७४ नम्बरको बसका २५ वर्षीय चालक दावा लामाले आगो लगाएको प्रहरीले जनाएको छ। घटनाका बेला बसमा कुनै यात्रु नरहेको प्रहरीको भनाइ छ। चालकले गाडीभित्रै बसेर आगो लगाएपछि बसमा आगो फैलिएको थियो। घटनालगत्तै दमकल परिचालन गरी आगो नियन्त्रणमा लिइएको […]