समुद्र नभए पनि सामुद्रिक सम्पदामा नेपालको हक सुनिश्चित गर्न सांसदहरूको माग

काठमाडौँ । नेपाल भूपरिवेष्ठित मुलुक भए पनि अन्तर्राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्रमा रहेका जैविक सम्पदा, त्यसबाट प्राप्त हुने ज्ञान, प्रविधि र आर्थिक लाभमा नेपालको पहुँच सुनिश्चित गर्नुपर्ने आवाज प्रतिनिधि सभामा उठेको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानूनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी सम्झौता (बीबीएनजे) माथिको छलफलका […]