प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई थुनामा पठाउन आदेश

प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटनले आदेश दिएको छ। मंगलबार उच्च अदालत पाटनका न्यायाधीश गणेशप्रसाद बराल र राजुकुमार खतिवडाको इजलासले शेरचनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। शेरचनविरुद्ध विप्रेषणबापत प्राप्त हुनुपर्ने रकमको ब्याज ८ करोड ९३ लाख १९ हजार ९८६ रुपैयाँ […]