प्रधानमन्त्री शाह र भारतीय स्थल सेना प्रमुख सेठबीच भेट, द्विपक्षीय हित र सम्बन्धका विविध पक्षमा छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख धिरज सेठले मंगलबार सिंहदरबारमा भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटलाई दुवै देशका सुरक्षा तथा द्विपक्षीय सम्बन्धसँग सम्बन्धित विषयमा विचार आदानप्रदान गर्ने अवसरका रूपमा लिइएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा नेपाल-भारतबीचका पारस्परिक हितका विषयसहित दुई देशबीचको सम्बन्धका विविध पक्षमा छलफल […]