काठमाडौँ । नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल नेपाल ऐन संशोधनसम्बन्धी प्रस्तावित अध्यादेश प्रमाणित नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग माग गरेको छ। महासङ्घले बुधबार विज्ञप्ति जारी गर्दै सरोकारवाला पक्षसँग परामर्श नगरी अध्यादेश ल्याउन खोजिएको भन्दै आपत्ति जनाएको हो। प्रस्तावित अध्यादेशमा उजुरी नपरे पनि छानबिन तथा कारबाही गर्न सक्ने, पत्रकार तथा सञ्चारमाध्यमलाई जरिवाना गर्ने, क्षतिपूर्ति भराउने र प्रेस […]