काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष छुट्टाछुट्टै दुई आयोगका वार्षिक प्रतिवेदन बुझाइएको छ। शीतलनिवासमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र थारु आयोगको आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको हो। राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले वार्षिक प्रतिवेदन पेस गरेका हुन्। यसैगरी आजै (बिहीबार) थारु आयोगका […]