विश्वकप फुटबल: ब्राजिललाई हराउँदै नर्वे क्वार्टरफाइनलमा

पाँच पटकको विश्वविजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको न्युयोर्क/न्युजर्सी स्टेडियममा भएको रोमाञ्चक खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले स्तब्ध पारेको हो। नर्वेको यस ऐतिहासिक जितमा स्टार स्ट्राइकर एर्लिङ हालान्ड नायक बने। खेलको दोस्रो हाफको अन्तिम ११ मिनेटमा हालान्डले दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे। उनले खेलको ७९औँ […]