काठमाडौं- भाषा आयोगका सदस्य एवम् वरिष्ठ पत्रकार तथा कवि सुरेश किरण मानन्धरको निधन भएको छ। नेपाल भाषा आन्दोलनका एक अभियन्ता उनको सोमबार काठमाडौंमा निधन भएको हो । वि.सं. २०२३ सालमा जन्मिएका नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय सल्लाहकार तथा वरिष्ठ पत्रकार मानन्धरको ५९ वर्षको उमेरमा निधन भएको हो। उनी चर्चित पत्रिका जनआस्थामा व्यंग्य पनि लेख्थे । […]