सशस्त्रका तीन एआईजीको सरुवा

काठमाडौँ। सशस्त्र प्रहरी बल (एपीएफ) का तीन अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरिएको छ। सरुवा अनुसार नारायणदत्त पौडेल मानवस्रोत विभाग, वंशीराज दाहाल सीमा सुरक्षा विभाग र गणेश ठाडामगर कार्य विभागको जिम्मेवारीमा खटाइएका छन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले तीन एआईजी सरुवा गरेको सरकारका प्रवक्ता जगदीश खरेलले बताए। सरुवा संगठनको कार्यक्षमता सुदृढ बनाउने उद्देश्यले गरिएको जनाइएको छ। […]