देशनिकालाको आदेश पाएकालाई अमेरिकामा आन्तरिक उडान गर्दा पनि पक्राउ गरिँदै, टीएसएबाट डाटा शेयर

अमेरिकाको यातायात सुरक्षा प्रशासन (टीएसए) ले सबै हवाई यात्रुहरूको नाम देशनिकालाको प्रयोजनका लागि अध्यागमन अधिकारीहरूलाई उपलब्ध गराइरहेको खुलासा भएको छ। देशनिकालाको आदेश पाएका व्यक्तिहरूलाई अमेरिकाबाट निकाल्न डाटा साझेदारीको प्रयोगलाई ठूलो मात्रामा विस्तार गरिएको जनाइएको छ। यसअनुसार, टीएसएले विमानस्थलमा यात्रा गर्ने यात्रुहरूको सूची अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) लाई प्रदान गरिरहेको छ। त्यसपछि आइसले आफ्नो निष्कासन […]