झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु

काठमाडौँ । झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ। संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका नागरिक र स्वास्थ्यकर्मीलाई खोप लगाइने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार झापामा हालसम्म जापानिज इन्सेफलाइटिसबाट १३ जना संक्रमित भएका छन्। संक्रमितमध्ये ७ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ। […]