अमेरिकासामु इरानका ६ सर्त, रोक्का रकम फुकुवादेखि नौसैनिक नाकाबन्दी हटाउनसम्म

इरानले संयुक्त राज्य अमेरिकासँग जारी द्वन्द्व अन्त्य गर्न ६ वटा सर्त अघि सारेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले ती सर्त कतारी मध्यस्थकर्तामार्फत वासिङ्टनसमक्ष पुर्‍याइएको र अब अमेरिकी प्रतिक्रियाको प्रतीक्षा भइरहेको बताएका छन्। क्षेत्रीय तनाव बढ्दै गएको र पछिल्ला साताहरूमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको अवस्थामा इरानले पछिल्लो […]