आर्थिक अभावमा सडकमा बच्चा जन्माउनु परेको अवस्थाबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ, २५ भदौ । प्रतिनिधिसभाका सांसदहरूले सप्तरीको राजविराजमा एक महिलाले आर्थिक अभावमा अस्पतालको गेटबाहिर सडकमा बच्चा जन्माउनु परेको अवस्था बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनीहरूले नेपालको संविधानले आधारभूत स्वास्थ्यसम्बन्धी मौलिक अधिकारको व्यवस्था गरेको भए पनि मुलुकमा यस्तो अवस्था आउनु दुःखद भएको टिप्पणी गरे । बैठकमा सांसद खगेन्द्र कर्णले […]