कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। आइतबार दिउँसो २ बजेको लागि बोलाइएको बैठक ढिलो गरी साढे ३ बजेदेखि सुरु भएको हो। पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा पार्टीको १५औँ महाधिवेशनका बारेमा छलफल हुने जनाएको छ । आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको थियो […]