हिन्दू धर्मावलम्बीका लागि विशेष महत्त्व बोकेको साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा श्रद्धालु भक्तजनको ठूलो घुइँचो लागेको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका दर्शनार्थीका लागि खोलिएको छ। साउने झरीका बीच पनि भक्तजनहरू बिहानैदेखि भगवान् शिवको दर्शन र पूजा–आराधनाका लागि मन्दिर पुगेका छन्। दर्शनलाई […]