मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न

अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। कम्पनीका अनुसार हालसम्म आयोजनाको करिब २५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने निर्माणका विभिन्न चरणहरू समानान्तर रूपमा सञ्चालन भइरहेका छन्। गण्डकी प्रदेशको लमजुङ जिल्लाको बेसीशहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन […]