काठमाडौँ । राहदानी विभाग परिसर अगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि अभियन्ता रक्षा बमले काठमाडौँ महानगरपालिका र त्यसको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै बमले गणेश नेपालीको आत्मदाह प्रयासलाई केवल व्यक्तिगत घटनाका रूपमा नभई राज्यका निकायको व्यवहार र सार्वजनिक निकायको कार्यशैलीसँग जोडेर हेर्नुपर्ने धारणा व्यक्त गरेकी छन्। […]