सरकारद्वारा एकसाथ ४५ विधेयक मस्यौदा, बजेट अधिवेशनमा प्रस्तुत गर्ने तयारी

सरकारले आगामी बजेट अधिवेशनलाई लक्षित गर्दै एकसाथ करिब ४५ वटा विधेयकको मस्यौदा तयार पारिरहेको छ। प्रधानमन्त्री वलेन्द्र शाहले तत्काल आवश्यक र शासकीय सुधारमा बाधा पुर्‍याउने कानुनी जटिलता हटाउने उद्देश्यले प्राथमिकताका आधारमा विधेयक अघि बढाउन निर्देशन दिएपछि मन्त्रालयहरू तीव्र रूपमा सक्रिय बनेका छन्। कानुन मन्त्रालयका अनुसार सबैभन्दा बढी १० वटा विधेयक सोही मन्त्रालयले तयार गरिरहेको छ। […]