नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिले औपचारिक रूपमा पदभार ग्रहण गर्दै आगामी दुई वर्षका लागि नेतृत्व सम्हालेको छ। गत आइतबार सम्पन्न विशेष साधारणसभाबाट निर्वाचित कार्यसमितिले बुधबार सिफलस्थित संघको कार्यालयमा पदभार ग्रहण गरेको हो। संघको अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित भएका छन्। पदभार ग्रहणपछि अध्यक्ष खत्रीले व्यवसायीहरूको हकहित संरक्षणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त […]