आज बालाचतुर्दशी पर्व, पितृको सम्झनामा शतबीज छरिँदै

काठमाडौं– आज बलाचतुर्दशी पर्व मनाइँदै छ । हरेक वर्ष मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिन यो पर्व मनाउने गरिन्छ । यस दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिँदैछ । मार्गशीर्षकृष्ण त्रयोदशीको रातमा (मंगलबार राति) दीपदान गरी बसेका भक्तजनले चतुर्दशीका दिन बिहानै दिवंगत पितृको स्मरणमा सद्गतिको कामना गर्दै शतबीज छर्ने गर्दछन् । […]