सुर्खेत। मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसभा भवन पुनर्निर्माण गर्न निर्देशन दिएका छन्। गत भदौ २२ र २३ गते जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको प्रदेशसभाको पुनर्निर्माण कार्य सुरु गर्न सुझाव दिएका हुन्। प्रदेशको गौरव र राज्यको प्रतिष्ठासँग जोडिएको भवनलाई लामो समयसम्म जीर्ण अवस्थामा राख्न नहुने भन्दै त्यसको पुनर्निर्माण र सरसफाइ अभियान सुरु गर्नुपर्ने उनको भनाइ थियो। […]