सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले नेत्रहीन महिला संघ नेपालका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रोटरी क्लब अफ हिमालयन गल्फर्ससँगको सहकार्यमा साउन १७ गते विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री वितरण गरेको हो। शिक्षा तथा सामाजिक उत्थानमा योगदान पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा कम्पनीकी नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्यको विशेष उपस्थिति रहेको […]