२ लाख रुपैयाँ घुस लिने मालपोतका खरिदार भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। काभ्रेको धुलिखेलस्थित मालपोत कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। साबिक दोलालघाट गाविस-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाधनीको नाममा छुट दर्ताका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको आरोपमा आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो। भण्डारीले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा टंगालबाट […]