ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई घरदैलोमै सेवा दिन सुरु गरेको छ । पालिकाले यही चैत महिनादेखि हरेक वडामा दुई–दुई जना स्वास्थ्यकर्मी परिचालन गरेर समुदायमा रहेका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएकाहरूको स्वास्थ्य परीक्षण घरमै गएर गर्न थालेको हो । सेवाअन्तर्गत स्वास्थ्यकर्मीले घरमै पुगेर स्वास्थ्य परीक्षण, रोग पहिचान, उपचार […]