काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गर्ने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज सुर्खेत घर भई काठमाडौँको शङ्खमुल बस्ने वर्ष २२ का प्रकाश खड्कालाई पक्राउ गरिएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जनकारी दिए । […]