काठमाडौँ। लक्षितवर्गको कार्यक्रम सहयोगअन्तर्गत महानगरपालिकाको सामाजिक विकास विभागमा अहिलेसम्म ३३ संघसंस्थाले आवेदन दिएका छन्। विभागले विभिन्न मितिमा आह्वान गरेको सार्वजनिक सूचनाबाट ३० प्रतिशत लागत सहभागिता जनाउने गरी ती संघसंस्थाले प्रस्ताव पेस गरेका हुन्। २२ पुसमा अपाङ्गताका क्षेत्रमा काम गर्ने संघसंस्थाको प्रस्ताव आह्वान गरिएको थियो। १५ दिन अवधि भएकाले यस क्षेत्रमा काम गर्नेहरूबाट आवेदन आउन बाँकी […]