भारतको पार्या पर्यटन बृद्धि गर्नका लागि एडीबीद्वारा ७७ मिलियन अमेरिकी डलर ऋण स्वीकृत

एसियाली विकास बैङ्क (एडीबी) ले भारतको मेघालय राज्यमा पर्या पर्यटन र प्राकृतिक खेतीलाई बढावा दिई दिगो जीविकोपार्जन सिर्जना गर्न ७७ मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।यस परियोजनाले प्रकृतिमा आधारित पर्यटन, “जलवायुस्मार्ट” खेती र वन संरक्षणसँग एकीकृत गरी महिला र आदिवासी समुदायसहित ८ हजार भन्दा बढी स्थानीय मानिसका लागि आर्थिक अवसर सिर्जना गर्ने जनाइएको छ ।एडीबीको उत्तरपूर्वी आर्थिक कोरिडोर अध्ययनले मेघालयको विकासका प्रमुख अवयवका रुपमा प्रकृतिमा आधारित पर्यटन र व्यावसायिक कृषिलाई पहिचान गरेर परियोजनालाई आकार दिन मद्दत गरेको छ ।परियोजनाका मुख्य घटकहरूमा प्रकृतिमा आधारित पारिस्थितिक पर्यटन आगन्तुक सुविधाहरू निर्माण गर्ने समावेश छ जसले परम्परागत शिल्प र सीपहरूका लागि व्याख्या...