आकस्मिक उपचारमा स्वास्थ्य बीमा: नागरिकमैत्री सुधारको खाँचो

यो प्रस्ताव हालको प्रणालीप्रतिको असन्तुष्टि नभई यसको लोककल्याणकारी उद्देश्यलाई थप प्रभावकारी बनाउने प्रयास हो। नियमको पालना, आर्थिक अनुशासन, प्रविधिको उपयोग र नागरिक सुविधाबीच सन्तुलन कायम गर्दै आकस्मिक अवस्थामा उपचारलाई प्राथमिकता दिई बीमा प्रमाणीकरणको प्रक्रिया पछि व्यवस्थित रूपमा पूरा गर्न सकिने सम्भावनाबारे विचार गर्नु सान्दर्भिक ठहरिनेछ।