पर्यटक बस व्यवसायीहरूको छाता संस्था टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)को अध्यक्षमा ढकनाथ काफ्ले निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न संस्थाको १५औँ वार्षिक साधारणसभा तथा आठौँ निर्वाचनबाट काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। निर्वाचन समितिका संयोजक सुशील दाहालका अनुसार प्रथम उपाध्यक्षमा सुजन आचार्य र द्वितीय उपाध्यक्षमा चिरञ्जीवी गिरी निर्वाचित भएका छन्। महासचिवको जिम्मेवारी अशोक अर्यालले […]