बाजुरा, २१ असोज । बूढीगङ्गा नगरपालिका–१० का भोलाराम जैसीले विगत तीन वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएका छन् । परम्परागत खेतीभन्दा फरक र बजारमा राम्रो सम्भावना देखेपछि उनले उक्त खेतीलाई आम्दानीको प्रमुख माध्यम बनाएका हुन् । गाउँमै आफ्नो जमिन र स्थानीय स्रोतसाधनको उपयोग गर्दै त्यस फलबाट आम्दानी लिन सकिन्छ भन्ने उनले उदाहरण प्रस्तुत गरेका छन् । […]