संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापाले संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को सन् २०२५–२०२६ को एकवर्षे अध्यक्षता सफलतापूर्वक सम्पन्न गर्नुभएको छ। ८० वर्षको इतिहासमा पहिलोपटक नेपालको नेतृत्वमा रहेको इकोसकको अध्यक्षता जुलाई २३ मा सम्पन्न भएको हो। संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको करिब ७० वर्षपछि नेपालले संयुक्त राष्ट्रसंघका प्रमुख अङ्गमध्ये […]