धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो

गण्डकी । फाँटमा धान झुलेर पहेँलो हुँदै थियो । किसान दसैँको अघिपछि धान भित्र्याउने सुरसारमा थिए । तर, केही दिनअघि दरमखोलामा आएको बाढीले दु:खजिलो गरेर उब्जाएको धानबालीमात्र लगेन खेत बगाइदियो ।  बागलुङको गलकोट नगरपालिका-९ का किसान यतिबेला प्रकृतिको प्रहार सहन बाध्य छन् । लहलह धान फल्ने खेत बगरमा परिणत हुँदा किसान गहिरो चिन्तामा छन् । […]