पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी र समुदायकेन्द्रित बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

अन्ताल्या– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपदबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी, विश्वसनीय र समुदायकेन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन् । टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा आयोजित ‘अर्ली वार्निङ्स फर अल ः डेलिभरिङ अन आवर प्रमिस टु प्रोटेक्ट एभ्रिवन’ (सबैका लागि पूर्वसूचना […]