कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् । स्याङ्जाको पुतलीबजारमा आज आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले मतभन्दा पनि कांग्रेसले विश्वास गुमाएको बताए । “कांग्रेसले गुमाएको मत होइन, विश्वास हो,” उनले भने, “विश्वास पुनःस्थापित भयो भने मत त्यसलाई पछ्याउँदै आफैँ आउँछ ।” सभापति […]