अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ। फेडका अध्यक्ष जेरोम पावेलका उत्तराधिकारीका रूपमा प्रस्तावित केभिन वार्सले सिनेटको महत्त्वपूर्ण समितिबाट समर्थन पाएको केही घण्टामै पावेलले ब्याजदर साढे तीन प्रतिशतदेखि तीन दशमलव ७५ प्रतिशतको दायरामै रहने घोषणा गरेका हुन्। यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार ब्याजदर घटाउन दबाब दिँदै आएका बेला आएको हो। […]