काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आसन्न निर्वाचन प्रक्रिया शान्त, निष्पक्ष तथा मानवअधिकारको सम्मान हुने वातावरणमा सम्पन्न गर्न सम्बन्धित सबै सरोकारवालालाई आह्वान गरेको छ। बुधबार (फागुन १२) राजधानीमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन अवधिमा कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नगर्न तथा नगराउन ध्यानाकर्षण गराउँदै नागरिकका मौलिक अधिकारको संरक्षणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे। उनले […]